झिँगेदाउको लिरिकल ईश्वरसँग पनि

काठमाडौं । ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ’झिँगेदाउ’को दोस्रो लिरिकल गीत ’ईश्वरसँग पनि’ सार्वजनिक गरिएको छ । गीतको भिडियोमा फिल्मका चल–अचल दृश्य समावेश गरिएको छ । अर्जुन पोखरेलको संगीत तथा प्रमोद ढुंगानाको शब्द रचना रहेको गीतमा कमल खत्री र अस्मिता अधिकारीको स्वर छ ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको लिरिकल भिडियोमा अभिनेत्री केकी अधिककारी, आँचल शर्मा, अभिनेता मुकुन भुषाल, कुशल बिष्ट र हिँउवाला गौतमलाई देख्न सकिन्छ । फिल्ममा पहिलो पटकक अभिनेत्री केकी र आँचल जेठानी देउरानीको भुमिकामा देखिएका छन् ।

कपनगडी फिल्म र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको फिल्ममा संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाल लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

भीमनिधि तिवारीद्वारा लिखित ‘झिँगेदाउ’कथामा आधारित फिल्मको पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । विष्णु कल्पितको छायांकन रहेको फिल्मको सम्पादकको जिम्मेवारी मित्र डि गुरुङले सम्हालेका छन् ।

सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको फिल्मको सह–निर्मातामा सुशिल दाहाल र ईश्वर घिमिरे छन् । निर्देशक देउजाले फिल्मलाई स्तरीय बनाउन आफूले सकेको प्रयास गरेको बताए । आगामी भदौ १७ गतेबाट प्रदर्शनमा आउने फिल्ममा केकी र आँचलले पहिलो पटक एकसाथ पर्दा सेयर गरेका हुन् ।