विन्दु, देवी र ज्योतिप्रकाशको लगनको सारी

काठमाडौं । यो वर्षको तीजलाई लक्षित गरेर संगीतकार ज्योतिप्रकाशको संगीतमा नयाँ तीज भाका ‘लगनको सारी’ दर्शक श्रोतामाझ आएको छ । गीतकार देवी पराजुलीले यो तीज भाका लेखेकी हुन् ।

गीतमा समसामयिक विषयबस्तु उठान गरिएको छ । यो गीतलाई सुदीप सागरले संगीत संयोजन गरेका हुन् ।

यो गीतलाई गायिका बिन्दु परियारले गाएकी छिन् । यो तीज भाका निकै माधुर्य बनेको छ । यो गीतलाई ओएसआर डिजिटल च्यानलबाट रिलिज गरिएको नृत्यप्रधान यो गीतको भिडियो पनि त्यत्तिकै आकर्षक बनेको छ ।

भिडियोलाई गोविन्द अञ्जान र दीपेन्द्र प्रकाश केसीले निर्देशन गरेका छन् । भिडियोमा मोडल दिब्यानी ओलीको शिर्ष नृत्य रहेको छ । उनीसँगै विभिन्न क्षेत्रमा स्थापित महिलाहरु पनि यो भिडियोमा अभिनयरत छन् ।

गीतसँगै यतिबेला यो भिडियोलाई दर्शकले रुचाएका छन् । गीतको भिडियोमा महेश महराको छायाँकन, दीपक बिष्टको सम्पादन, दीपेश बिष्टको कोरियोग्राफी रहेको छ ।