फस्टलुकमा आकाश र रेखाको हिँड्दा हिँड्दै

काठमाडौं । लभस्टोरी फिल्म ‘हिँड्दा हिँड्दै’ को फस्र्टलुक पोस्टर दर्शकमाझ ल्याइएको छ । निर्माण टिमले साउने सोमबारको शुभसाइत पारेर फस्र्टलुकसहित फिल्मको प्रदर्शन मिति सार्वजनीक गरेको हो । मिलन आले मगरको निर्देशनमा सुशील पंगेनीले निर्माण गरेको फिल्म २० माघमा देशब्यापी प्रदर्शनमा आउने छ ।

सार्वजनिक पोस्टरमा फिल्मका प्रमुख कलाकार आकाश श्रेष्ठ र रेखा शाहलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । रेखा यही फिल्मबाट रजतपटमा डेब्यु गर्दैछिन् । नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानरमा बिमल श्रेष्ठको प्रस्तुति रहेको फिल्ममा आकाश र रेखाका साथमा सलोन बस्नेत, सानीया खान, बिमल श्रेष्ठ, बिशाल श्रेष्ठ, बिकास थापा मगर, ममता पौडेल र बालकलाकार अर्विन थिङ्गले अभिनय गरेका छन् ।

राजकुमार थिङ निर्माता रहेको फिल्मको सहनिर्मातामा केबी सुब्बा,प्रमोदकुमार तामाङ र महादेव साह छन् । लीलामान तण्डुकारले खिचेको फिल्मका गीतमा तारा प्रकाश लिम्बू र किरण माइकल घिमीरेको संगीत,कबिराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी,देव महर्जनको द्धन्द्ध निर्देशन र नवीन निरौलाको सम्पादन छ ।

आरआर फिल्मस्ले बितरण गर्ने फिल्मको हाल पोष्ट प्रोडक्शन कार्य भइरहेको जानकारी निर्माण पक्षले दिएको छ ।