आईसी डिजाइनर रनवेमा ६१ डिजाइनर

काठमाडौं । आइसी डिजाइनर रनवे ११ नामक फेसन शो आगामी भदौ ४ मा आयोजना हुने भएको छ । शोमा भारतबाट ६ अन्तर्राष्ट्रिय मोडल तथा नेपालमा २४ गरेर ३० मोडलले उक्त शोमा र्याम्प नाप्नेछन् ।

आइसी कलेजले आयोजनामा हुन लागेको फेसन शोका व्यवस्थापन नेक्स्ट मोडल्स नेपालले गर्दैछ । नेक्स्ट मोडल्स नेपालले शोका लागि अडिसनबाट केही अगाडि २४ मोडल छनोट गरेको थियो ।

शोमा आईसी कलेजका ६१ जना फेसन डिजाइनरले तयार पारेका फेसनका डिजाइन र्याम्पमा प्रस्तुत हुनेछ । फेसन डिजाइनर नै आईसी कलेजका १९ औं ब्याजका पास आउट विद्यार्थी रहेका छन् । धेरै वर्षदेखि नियमित आयोजना हुँदै आएको यो फेसन शो यस वर्ष विगतका भन्दा झन् उत्कृष्ट र भव्य बनाउने तयारी भइरहेको म्यानेजमेन्ट जिम्मेवारी लिएको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए ।

फेसन शोको लागि अन्तर्राष्ट्रिय कोरियोग्राफर अभिमन्यु सिंह तोमरसमेत नेपाल आउने आयोजकले जनाएको छ ।