बद्री बहादुरको अष्ट्रेलिया प्रदर्शनबाट खुशी शोभित

काठमाडौं । शोभित बस्नेत निर्देशित फिल्म बद्री बहादुरको जुलाई ३० तारिखमा अष्ट्रेलियामा प्रिमियर गरिएको छ । फिल्मको नेपाल रिलिज अगाडी विदेशबाट प्रदर्शनको सुरुवात निर्देशक बस्नेतले गरेका छन् । फिल्मलाई अष्ट्रेलिया शोबाट सुखद प्रतिक्रिया मिलेको छ ।

बद्री बहादुरलाई मिलेको दर्शक प्रतिक्रियाबाट निर्देशक बस्नेत खुशी छन् । फिल्म रिलिजको लागि शोभित केही समयअघि अष्ट्रेलिया उडेका थिए । फिल्मको सिड्नी रिलिजको चाँजोपाँजो मेगा इभेन्ट र रुक्सल प्रजापतिले मिलाएका हुन् । फिल्मको अझै ३ शहरमा समेत शो गरिनेछ । नेपालमा भने फिल्म चाँडै रिलिज हुनेछ ।

संचारकमर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको फिल्म एबि पिक्चर्स फार्म र सलोन सलिना ब्यानरमा निर्माण भएको हो । फिल्मका प्रस्तुतकर्ता विजय गोपाल दली हुन् भने निर्माता मिथुन भोटे रहेका छन् ।

फिल्ममा अभिनेत्री पुजा शर्मा र अभिनेता सलोन बस्नेत विशेष भूमिकामा रहेका छन् । ‘बद्री बहादुरमा जय किसन बस्नेत, छुल्ठिम गुरुङ, राजिब जंग बस्नेत, धिरेन शाक्य र वर्षा चौलागाईको अभिनय रहेको छ । यही फिल्मबाट एलिना गुरुङ नेपाली फिल्ममा डेव्यु गरेकी छिन् ।

फिल्ममा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिब बिकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द निर्देशन रहको छ । ‘बद्री बहादुर’मा बिनोद सापकोटाको छायांकन तथा समिर मिया सम्पादन, मुख्य सहायक निर्देशक रामजी राउत रहेको कमेडी जनराको फिल्म ‘बद्री बहादुर’को छायंकन काठमाडौं, लमजुङ्ग, धरान र संखुवासभाको विभिन्न ठाउँमा गरिएको छ ।