गीताको छम्म छम्म नाचौं न

काठमाडौं । नारायण रिजालको निर्देशन रहेको तीज गीत ‘छम्म छम्म नाचौँ न’ सार्वजनिक भएको छ । सञ्चारकर्मी गीता अधिकारीको शब्द, शान्तिश्री परियार र सारिका घिमिरेको स्वर, योगेशकाजीको संगीत र एरेञ्ज, पवन विश्वकर्माको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो ।

गायिका ज्ञानु राणाको प्रमुख आतिथ्यतामा गीत सार्वजनिक गरिएको थियो । सात दिदीबहिनीको कथा बुनिएको गीतको भिडियोमा रोशन बुढाथोकीको कोरियोग्राफ रहेको छ ।

भिडियोमा रश्मी भट्ट, सारिका घिमिरे, रेनुका रिजाल, सुस्मिता लामा, संगीता श्रेष्ठ, आरती थापा मगर, सुस्मिता पौडेल, सपना रिमाल, माया थापालगायत कलाकारको अभिनय तथा नृत्य रहेको छ । ६० जनाभन्दा बढी कोरस प्रयोग गरिएको भिडियो आकर्षक ढंगबाट निर्माण गरिएको छ ।

नरेश खरेलको शृंगार, राहुल राईको छायांकन र विष्णु शर्माको सम्पादन रहेको भिडियोको पोस्ट प्रोडक्सन शिव कैलाश कला मन्दिर रहेको छ । गीतको भिडियो ओएसआर डिजिटलमार्फत् सार्वजनिक गरिएको हो ।