प्राश्नाको माइती आँगन

काठमाडौँ। हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरलाई लक्षित गर्दै सम्पूर्ण नारीहरुमा प्रवासमा रहेका नेपालीको तर्फबाट उपहार स्वरुप तीज गीत भिडियो सार्वजनिक गरिएको छ । प्राश्ना शाक्यको स्वर रहेको सार्वजनिक ‘माइती आँगन’ बोलको गीतमा मन्जु खनालको शब्द रचना तथा सुनिल माष्केको संगीत रहेको छ ।

कुशल श्रेष्ठको छायांकन,सम्पादन र निर्देशन रहेको भिडियोमा तीजमा जम्मा भएर चेलीहरुले रमाइलो गरेको प्रसंगलाई देखाउन खोजिएको छ। बिनिता थापाको कोरियोग्राफी रहेको भिडियोको कलर संयोजन भरत रेग्मीले गरेका छन् ।

भिडियोमा आस्था जोशी, रोश्ना कार्की, दिपिका श्रेष्ठ, निरु कोइराला, रिमा कंडेल, अमिका महत, शिक्षा पौडेल, बिनिता थापा, बिनी खनाल, प्रतिमा पाण्डे, मेरिना थापा, दिपक थापा र मैथाने मगर फिचर्ड छन्। भिडियो इनफोकस यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।