अञ्जुको दर्पणछायाँले हेर त मायाले

काठमाडौं । गायिका अञ्जु पन्तको स्वरमा रहेको तीज गीत ‘दपर्णछायाँले हेर त मायाले’ को भिडियो सार्वजनिक भएको छ । गीतमा नेत्र अर्यालको शब्द, राजेन्द्र बजगाईंको संगीत र एरेञ्ज तथा मनोज परियारको मिक्सिङ छ ।

भिडियोमा अभिनेत्री उषा खनाल र राजिभजंग बस्नेतलगायतको अभिनय रहेको छ । सौरभ लामाको छायांकन र पदम सुवेदीको सम्पादन रहेको भिडियोमा शिव विकको निर्देशन छ ।