काठमाडौं । कृष्णजन्माष्टमीको अवसर पारेर भदौ ३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘कृष्णलीला’ को टिमले चितवनमा कन्सर्ट गर्ने भएको छ । प्रदर्शन मिति नजिकिँदै जाँदा फिल्मको कलाकारसहितको टिमले साउन ३१ चितवनको सिजी ल्याण्डमार्कमा फ्रि कन्सर्ट गर्न लागेको हो ।
ओएसिस एजुकेशनको प्रस्तुति तथा माइकल चन्दको इभेन्ट निर्देशन रहेको प्रमोशन टुरको कन्सर्टमा अभिनेता पुष्प खड्का, अभिनेत्री श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रवीन्द्र झा, गायक रवी ओड र गायिका सुनीता कार्की, कोरियोग्राफर माइकल चन्द, निर्देशक दीपक ओली, लेखक लक्ष्मण सुवेदी, प्रस्तुतकर्ता रोहित कट्टेल,कार्यकारी निर्माता रत्न श्रेष्ठलगायतको उपस्थिति हुनेछ ।
फिल्मका निर्देशक दीपक वलीले चितवनका दर्शकहरूको मागलाई ध्यानमा राखी पहिलो कन्सर्ट त्यहाँ गर्न लागिएको र समय मिलेसम्म देशका अन्य शहरमा समेत कन्सर्ट गर्ने योजना रहेको बताए ।
आरआर फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्मित फिल्ममा शिव ढकालको छायाङ्कन, रोहित कट्टेलको प्रस्तुति र रत्न श्रेष्ठको कार्यकारी निर्माण छ । फिल्ममा प्रकाशराज कार्की र केवल तामाङ निर्माता तथा सह–निर्मातामा पिताम्बर आचार्य र रोजन श्रेष्ठ छन् ।