काठमाडौं । ‘हर्के हवल्दार’को उपनामले परिचित कलाकार विष्णु सापकोटा अब नयाँ टेलिफिल्म ‘रिटार हल्दार’मा देखिने भएका छन् । टेलिफिल्म प्रत्येक सोमबार साँझ ८ बजे मिटिभीबाट प्रशारण हुनेछ ।
भद्र भुजेलको निर्देशनमा बनेको टेलिफिल्ममा बिष्णुको साथमा स्वीकृति खरेल, लक्ष्मी तिमल्सिना, शिव शर्मा, पिताम्बर आचार्य, गीता ओली, प्रेम खतिवडा, रक्षा सापकोटा, यसोदा सापकोटा, लक्ष्मण नेपाल, सुरेश चौधरी, प्रग्यासी थापा, सानु तिमल्सिनालगायतका कलाकारको अभिनय रहेको छ ।
टेलिफिल्मबारे जानकारी दिन राजधानीमा आइतबार आयोजित कार्यक्रममा अभिनेता नीर शाहले टेलिफिल्मको पोस्टर सार्वजनिक गरियो । कलाकार सापकोटाले आफूले श्रीमती नभएको बुढाको कुण्ठा र आफ्नी श्रीमतीलाई शंका गर्ने बुढाको क्यारेक्टरलाइ विशेष रुपले प्रस्तुत गरिएको बताए ।
टेलिफिल्ममा गौतमराज खड्काको ग्राफिक्स, राज कार्कीको सम्पादन, विष्णु सापकोटाको कन्सेप्ट तथा स्क्रिप्ट, प्रवेश पोखरेल र सञ्जय राईको छायाङ्कन तथा वसन्त सापकोटाको सङ्गीत छ ।