७५ औं दिनमा गौथली, ग्रस २६ करोड

काठमाडौं । फिल्म ‘गौंथली’ प्रदर्शनको ७५ औंं दिन पार गर्दै बक्सअफिसमा २६ करोडको ग्रस कलेक्सन गरेको छ । गत साउन १ गतेबाट प्रदर्शनमा आएको फिल्म असोज १५ अर्थात् हिजो बिहीबारबाट ७६ दिनमा प्रवेश गरेको हो ।

फिल्मका निर्माता सुमन गिरीका अनुसार हालसम्म २६ करोड रुपैयाँ कलेक्सन गरिसकेको छ र यो अवधिसम्ममा फिल्मका ९ लाख ४३ हजार ३३१ वटा टिकट बिक्री भएका छन् ।

डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन् । निर्माता सुमन गिरी र डा कपिल रिजाल रहेका छन् ।