काठमाडौ । आगामी असोज ३० गतेबाट रिलिज हुने फिल्म ‘१२ गाउँ २’ को रोमान्टिक भावको गीत ‘लालीगुराँस’ सार्वजनिक भएको छ । आरटी इन्टरटेनमेन्टबाट सार्वजनिक गीतमा शिव परियार र शरोदी कुँवरको स्वर तथा युग भुषालको शब्द र संगीत छ ।
गीतमा आश्मा दुलाल, मनीषा सुनार र वर्षा राईको कोरस गायन, रूप महन्तको मिक्सिङ, मास्टरिङ तथा म्युजिक प्रोडक्सन छ । गीत वेभ स्टुडियो काठमाडौंमा रेकर्ड गरिएको हो ।
गीतमा समीर भट्ट र कृशु शाही (काफिया)को अभिनय छ। दोलखामा छायांकन गरिएको गीतमा समीर र कृशुलाई रोमान्टिक मुद्रामा देख्न सकिन्छ । उनीहरूलाई कोरियोग्राफर रामजी लामिछानेले नँचाएका छन् । गीतमा वन्दे प्रसादको सम्पादन तथा राजेन्द्र मोक्तानको कलर ग्रेडिङ छ ।
विराज भट्टको निर्देशन रहेको फिल्ममा समीर र कृशुको अलावा विराज भट्ट, अनुपविक्रम शाही, सुनिल पोखरेल, प्रकाश शाह, खुशी कार्की, कालू राना, सुधीर श्रेष्ठ, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवकुमार सिंह, नेहा आरएल शाह र पूर्णबहादुर गन्धर्वको अभिनय छ । फिल्ममा कृशु र वर्षा इटनीको डेब्यु अभिनय छ ।
फिल्म बिराज भट्ट फिल्म प्रोडक्सन प्रालिको प्रस्तुतिमा निर्माण भएको हो । फिल्मको कथा तथा पटकथा सन्तोष सरकारले लेखेका हुन् भने छायांकन महेश पौडेलको रहेको छ ।
सरस्वती भट्ट निर्माता रहेको फिल्ममा युग भुसाल र डीपी खनालको संगीत, बन्दे प्रसादको सम्पादन, रामजी लामिछाने र सियोन श्रेष्ठको नृत्य निर्देशन तथा स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।
फिल्मको वितरण काफिया फिल्मस् र कुबेर सिनेमाले गर्नेछन् ।






