३१ दिनमा भिडियोटेप पुरा

काठमाडौं । एप्पल इन्टरटेन्मेन्टको व्यारनमा निर्माण भइरहेको फिल्म ‘भिडियोटेप’को छायांकन ३१ दिनमा पुरा भएको छ । भदौ पहिलो साताबाट उपल्लो मुस्ताङमा छायांकन सुरु भएको हरर जनराको यो फिल्मको छायांकन ३ रात काठमाडौंमा पनि गरिएको छ ।

फिल्ममा नायिका उपासना सिंह ठकुरी र नायक कुन्दन मान शाक्यको मुख्य भूमिका छ । फिल्ममा अस्तित्व भट्टचन, कृशल श्रेष्ठ, रिसु राउत, जिवन अधिकारी, शेखर चापागाँई, सिद्धार्थ सिंह लगायतका कलाकारहरुको पनि मुख्य भूमिका छ ।

फिल्ममा वशिष्ट प्रधानको डीओपी छ । फिल्मका प्रोडक्सन म्यानेजर ईश्वर घिमिरे हुन् । यो फिल्ममा ओविद उद्दिनको निर्देशन छ ।