चार वर्षपछि सिटीसेन्टरमा फुडकोट

काठमाडौं । झण्डै चार वर्षपछि कमलपोखरीस्थित सिटीसेन्टरमा रहेको फुडकोट सञ्चालनमा आएको छ । कोरोना महामारीअघि बन्द भएको बिगमुभिजसँगै रहेको फुडकोट नयाँ व्यवस्थापनसहित सञ्चालनमा आएको हो ।

टीटीएफसी नाममा सञ्चालनमा आएको उक्त फुडकोटको बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो । बुधबार एक औपचारिक कार्यक्रमबीच सञ्चालनमा आएको टीटीएफसीको कार्यकारी सञ्चालकमा रोजल शाही र मन्चिन शाक्य रहेका छन् । टीटीएफसीमा बार, कपि शप र फुड आइटमको स्टल रहेको छ ।

विस्तारै अन्य भेराइटीका स्टलहरु पनि थपिँदै जाने सञ्चालकमध्येका रोजल शाहीले बताए । सिटी सेन्टरको चौथो फ्लोरमा रहेको टीटीएफसीसँगै बिग मुभिज रहेको छ ।

सिनेमा हेर्न आउने दर्शकका लागिमात्र नभएर बाहिर ग्राहकका लागिसमेत लक्षित गरेर टीटीएफसी सञ्चालनमा ल्याएको अर्को सञ्चालक मन्चिन शाक्यले बताए । ग्राहकको मागअनुसार टीटीएफसीले लाईभ म्युजिकल इन्टरटेनमेन्टसमेत प्रदान गर्ने उनले बताए ।