सुगमको तिमी फर्केर आयौ

काठमाडौं । गायक सुगम पोखरेलको स्वरमा नयाँ गीत तिमी फर्केर आयौ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा गीतकार प्रदिप चापागाईंको शब्द र कल्याण सिंहको संगीत र दीक्षित पौडेलको एरेन्ज सुन्न सकिन्छ ।

म्युजिक भिडियोमा आकाश श्रेष्ठ , बिकाश लामिछाने र करुणा श्रेष्ठको अभिनय रहेको छ। प्रेम र बिछोडको कथामा तयार भएको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

भिडियोमा उत्तम हुमागाईको छायांकन , अनिता ग्वाचाको मेकअप र बिकास धमलाको सम्पादन समाबेश छ।