दुई नम्बरीमा पुष्प र आशा

काठमाडौं । पुष्प खड्का र आशा पौडेलको ‘दुई नम्बरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा बि पाण्डेको शब्द , सुभाष भुसालको संगीत ,मेलिना राई र किरण गजमेरको स्वर सुन्न सकिन्छ। गीतमा एरेन्ज भने उदयराज पौडेलले गरेका छन्।

अविरा क्रीएशनले निर्माण गरेको म्युजिक भिडियोलाई रामजी लामिछानेले निर्देशन र कोरियोग्राफी गरेका हुन् । रोमान्टिक शैलीको गीतमा पुष्प र आशाको प्रस्तुति आकर्षक देखिन्छ।

म्युजिक भिडियोमा मान कृष्ण महर्जनको छायांकन, सुनिता श्रेष्ठ र अविरा क्रीएशनको ड्रेस ,सरस्वती श्रेष्ठको मेकअप ,बन्दे प्रसादको सम्पादन र राजेन्द्र ुमोक्तानको कलर करेक्सन समाबेश रहेको छ।