काठमाडौं । गायिका रानी शाक्यको ‘म गुनासो के को गरुँ’ बोलको गीत सार्वजनिक भएको छ । राजेश शाक्यको शब्द रहेको गीतमा मन भित्र गुम्सिएका भावनाहरु पोखिएका छन् । गीतमा कल्याण सिंहको संगीत छ ।
गीतकार शाक्यले गीतको माध्यमबाट कसैको पीडालाई व्यक्त गर्ने काम गरेका छन् । गीतको भिडियोमा अभिनेता धिरेन शाक्यले पूर्व मिस नेपाल उषा खड्गीसँग अभिनय गरेका छन् । भिडियोमा धिरेनसँग बिताएका पलहरु संझिएर उषाले आँशु बगाएको देख्न सकिन्छ ।
गीतको भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका हुन् । भिडियोमा उत्तम हुमागाँइको छायांकन, माधव वेलवासेको सम्पादन छ ।