चैत्र १० मा म राजेश हमाल

काठमाडौं । फिल्म ‘म राजेश हमाल’को फस्टलुक पोस्टरसँगै रिलिज मिति सार्वजनिक भएको छ । बडा दशैं र आफ्नो जन्मदिनको अवसर पारेर निर्माता केदार भुसालले फिल्मको रिलिज डेट सार्वजनिक गरेका हुन् । फिल्म आगामी चैत्र १० गते रिलिज हुनेछ ।

जोन योञ्जनको निर्देशन रहेको फिल्ममा बनेको फिल्ममा सञ्चिता लुँइटेल, मुकुन भुसाल, महेश त्रिपाठी, एभोनराज उप्रेती, संजोग रसाइली र अस्मिता लामिछानेको अभिनय छ । फिल्ममा आर्यन सिग्देल विशेष भूमिकामा देखिने छन् भने राजेश हमलाको आवाजले कथा बोकेको छ ।

फिल्मका कथाकार जोन योञ्जन हुन भने पटकथामा जोनलाई सायदले साथ दिएका छन् । आलोक शुक्लाको छायांकन, भिम विश्वकर्माको सम्पादन, मणि रत्न त्रिपाठीको साउण्ड डिजाइन रहेको फिल्मको स्क्रिप्ट डक्टर भने केशव पाण्डे हुन् । फिल्ममा दिपक आर जे र कमल रेग्मीको संगीत रहेको छ ।

किरणकुमार महर्जन सह–निर्माता रहेको फिल्ममा जिवलाल भुसाल, नविन भुसाल र श्रृषा भुसाल कार्यकारी निर्माता हुन् । बड पिक्चर, जोय पपया, ट्राइडेन्ट कन्सेप्ट र फोपीको ब्यानरमा बनेको चलचित्र फिल्कर आर्ट्सले निर्माण गरेको हो । फोपि अहिले पछिल्लो समयमा नेपाली चलचित्र जगतमा नयाँ स्वरुप सँग आएको ओटिटि प्लेटफर्म हो। चलचित्रलाइ, आर आर फिल्म्सले देश भरका हलहरुमा वितरण गर्दैछ । फिल्मको डिजिटल राइटओएसआर डिजिटलले खरिद गरेको छ ।

राजेश हमाल केवल सुपारस्टार होइनन्, उनी एक भावना हुन् भन्ने ट्यागलाइनमा बनेको फिल्मको पोस्टर भने ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेन (भिमसेन शाही) ले डिजाइन गरेका हुन् ।निर्माता केदार भसालले यस अघि प्रदर्शनको लागि घोषणा गरेको उनको पहिलो चलचित्र ’कौसिद’ को नयाँ प्रदर्शन मिति कोजाग्रत पुर्णिमाको दिन सार्वजनिक गर्ने जानकारी दिए ।