बेबी वसन्तीमा आकाश र वसन्ती

काठमाडौं । गायिका तथा मोडल वसन्ती राईको नयाँ गीत ‘बेबी वसन्ती’ सार्वजनिक भएको छ । राजेश गुरुङको शब्द तथा सङ्गीतमा तयार भएको गीतमा वसन्तीको स्वर तथा अभिनय छ । गीतमा अमृत ल्वागुनको एरेञ्ज तथा मिक्सिङ र मास्टरिङ छ ।

निर्देशक तथा कोरियोग्राफर गम्भीर विष्टको निर्देशन रहेको भिडियोमा वसन्ती, आकाश श्रेष्ठ, शूरवीर पण्डित र उमेश राई ‘फुलन्देकी आमा’ फिचर्ड छन् ।

वसन्ती राईको प्रस्तुतिमा बनेको भिडियोमा बुद्ध थापाको छायाङ्कन तथा नवीन निरौलाको सम्पादन र कलर छ । वसन्तीको यसअघि ‘सोई ढोले सोई’, ‘लाने भए लैजाऊ’, ‘झुम्के बुलाकी’ सार्वजनिक भइसकेका छन् ।