ची मुसी चीमा प्रियंका

काठमाडौं । हरर थ्रिलर कथामा नेपाली फिल्म ‘ची मुसी ची इभन डेड डिजायर बिल्डिङ’ निर्माण भएको छ । शुक्रबार पोस्टर सार्वजनिक गर्दै फिल्मको टाइटल घोषणा गरेको हो । फिल्म पुस महिनामा रिलिज हुने प्रस्ततुकर्ता अरुण चक्रवर्तीले बताए ।

एएमवाई स्टुडियो प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्ममा प्रियङ्का कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रवीन्द्र झा, गौरव विष्टलगायत कलाकारको अभिनय छ ।

फिल्मको निर्देशन मार्ना जेम्स र यश सैनीले संयुक्त रूपमा गरेका छन् । फिल्म नेपाली, बलिउड र हलिउडमा प्राविधिकको सम्मिश्रणमा निर्माण भएकाले पनि केही फरक र नयाँपन दर्शकले महसुस गर्न पाउने विश्वास निर्माण टिमको छ । फिल्ममा रिञ्जु केसी र प्रस्तुतकर्ता अरुण चक्रवर्तीको लगानी छ ।