लाखेको ऐया बाबा तिम्रो पिरेम

काठमाडौं । सस्पेन्स थ्रीलर जनराको प्रतिक्षित फिल्म ‘लाखे’ मा समावेश ‘ऐया बाबा तिम्रो पिरेम’ सार्वजनिक भएको छ । कार्तिक १८ गते प्रदर्शन हुने फिल्मको आइतबार राजधानीमा पत्रकार तथा सञ्चारकर्मीमाझ गीत सार्वजनिक गरियो ।

सदीक्षा कट्टेल र हर्कुलस बस्नेतको स्वर तथा हर्कुलसकै शब्द, संगीत रहेको गीतको भिडियोमा सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, रक्षा बुढाथोकीका साथमा सुक्मित घिसिङ फिचर्ड छन् ।

कार्यक्रममा अभिनेता अनुपविक्रम, प्रशान्त ताम्राकार, अर्पण थापा, आर्यन अधिकारी, संजोग राणा, रोहित रुम्बा, सुक्मित घिसिङलगायतले ‘लाखे’ मनोरञ्जनको प्याकेज रहेको बताए । फिल्मका निर्माता त्रय डिपी भण्डारी, हरि मल्ल ठकुरी र गणेश मल्ल ठकुरी (जिएम) ले आफूहरु नयाँ भए पनि फिल्म मजबुत बनेकाले ‘लाखे’ पछि पनि निरन्तर निर्माणमा लाग्ने प्रतिबद्धता दाेहाेर्‍याए ।

सिजन अर्यालको कथा र निर्माण रहेको फिल्मको निर्मातामा डिपी भण्डारी र गणेश मल्ल ठकुरी (जिएम) छन् । हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्म सुजन प्रजापतिले खिचेका हुन् ।

सौगात मल्ल,अनुप बिक्रम शाही,अर्पण थापा,आर्यन अधिकारी,वर्षा राउत,रोहित रुम्वा,संजोग राणा,सुशील सिटौला,प्रशान्त ताम्राकार,रक्षा बुढाथोकी,कालु राना,सुगन तण्डुकार र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा रहेको फिल्मको द्धन्द्ध पनि निर्देशक सम्राटले नै निर्देशन गरेका छन् । अर्जुन जिसीले सम्पादन गरेको फिल्मका गीतमा दीपक बज्राचार्य र हर्कुलस बस्नेतको संगीत छ ।

औरियन प्रोडक्सनले ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टरसँगको सहकार्यमा निर्माण गरेको फिल्मकोे पटकथा आकाश बरालले हुन भने सम्वादमा उनलाई अनुप न्यौपाने सघाएका छन् । फिल्मलाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।