ट्रेलरमा आयो ख्याल ख्यालमा

काठमाडौं । रंग पत्रकारितामा कलम चलाउदै आएका भोला अधिकारीको लेखन तथा निर्देशनमा हास्य सिरियल ‘ख्याल ख्यालमा’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार सिरियलको प्रोमो युटुबमार्फत रिलिज गरिएको हो ।

समसायिक विषयवस्तुलाई व्याङ्ग्यात्मकशैलीबाट दर्शकलाई मनोरञ्जन दिने प्रयास गरिएको छ । ट्रेलरमा राजनितिक विषयवस्तुलाई अलिक बढि उठाउन खोजिएको छ । अरु बेला नेताले गाउँ विर्षने तर,चुनावको समयमा गाउँपस्ने कुरालाई व्यङ्ग्य गरिएको छ ।

निर्देशक भोलाले भने,‘अरु बेला जनतालाई वास्तै नगर्ने नेताको परिपाटी छ । त्यसैको वरिपरीको कथामा सिरियल निर्माण भएको हो ।’
भोलाका अनुसार थोरै कलाकार राखेर सिरियललाई निरन्तरता दिने बताए । यस अघि यहि टिमका भोला र ज्ञानेन्द्र कोइरालाले रमाइलो टेलिभिजनको ‘तितो पिरो’मा सँगै काम गरेका थिए ।

सिरियलमा ‘ज्ञानेन्द्र कोइराला,राजेन्द्र गिरी,रमा दाहाल,भोला अधिकारी,गितु पराजुली,अर्जन घिमिरे,नेहा नेपाली,अक्कल कार्की,हरिचन्द्र राई,विवेक अधिकारी,मनिष कोइराला लगायतको अभिनय रहेको छ । सिरियललाई समिर राईले खिचेका हुन भने सम्पादन ज्ञानेन्द्र कोइरालाकै रहेको छ । सिरियलको व्यवस्थापनको जिम्मा कलाकार अर्जुन र गितुले समालेका छन् । यो सिरियल एक वर्ष अघि नै निर्माण भएको थियो । विभिन्न कारणले गर्दा रिलिज हुन सकेको थिएन ।