दर्शकमाझ २ नम्बरीको नयाँ भर्सन

काठमाडौं । असोजको २१ गतेबाट रिलिज भैरहेको र बक्स अफिसमा सुखद व्यापार गरिरहेको फिल्म ‘२ नम्बरी’लाई दर्शकले शुक्रबारदेखि नयाँ भर्सनमा हेर्न पाउने भएका छन् ।

२ घन्टा ७ मिनेट लामो फिल्मलाई निर्माणपक्षले करिब ५ मिनेट भन्दा बढी काटछाट गरेको छ । निर्माता नेपालीले भने–‘हामीले शुक्रबारदेखि फिल्मलाई हलमा नयाँ भर्सनमा पठाउँदैछौं । फिल्मको समय केही घटाएका छौं । साउन्डमा पनि परिवर्तन गरिएको छ ।’

२ साता दर्शकले यो फिल्मलाई उल्लेख्य रुपमा साथ दिएका छन् । निर्माता नेपाली मुनाफामा गैसकेका छन् । अब, तिहारको अवसरमा पनि फिल्मले राम्रो व्यापार गर्ने निर्माताको आशा छ । हिजो परेको सार्वजनिक बिदाको दिनमा पनि फिल्मलाई सुखद कमाई गर्यो ।

दीपेन्द्र लामाको निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्दि तामाङको मुख्य भूमिका छ ।

नयाँ भर्सनमा फिल्म हलमा लागेपछि दर्शकलाई अझै मन पर्ने विश्वास निर्देशक लामाको छ ।