धरान सहरको छायांकन

धरान । पुर्वको चर्चित शहर धरानको वर्णन गर्दै तयार पारिएको पुर्वेली लोक जुहारी गीत ‘धरान सहर’को छायांंकन धरानसँगै नाम्जे , भेडेटार ,पाथीभरा मन्दिर क्षेत्रमा गरिएको छ।

युमन सोदेम्बा लिम्बु , रेखा फागो , बादल चेम्जोङ्ग र सुमन खेवासँगै गरिमा डान्स सेन्टरका कलाकारहरुको अभिनय रहेको गीतको म्युजिक भिडियोको निर्देशन देवजंग थापाले गरेका छन् ।

मिडिया कनेक्सनको लागि प्रकाश आङ्बुहाङको निर्माण रहेको उक्त गीतमा गायिका मेलिना राईसँगै साक्थिम योङ्गयाको युगल स्वर रहेको छ। बिष्णु खजुमको सरल शब्दमा गायक साक्थिम योङ्गयाले नै संगीत तयार गरेका हुन्।

मिडिया कनेक्सनको निर्माणमा तथा साक्थिम योङ्गयाको संगीतमा राजेश पायल राई , शुबानी मोक्तान लगायत अन्य चर्चित गायकगायिकाहरुको स्वरमा समेत धमाधम गीत रेकर्ड भैरहेको र क्रमशः म्युजिक भिडियोसहित सार्वजनिक गर्दै जाने निर्माता प्रकाश आङ्बुहाङले बताए ।