रूमालै बाटेर टाईमा साम्राज्ञी र पुष्प

काठमाडौं । आगामी पुस २९ गते रिलिज हुने फिल्म ‘तिम्रो मेरो साथ’को पहिलो गीत ‘रुमालै बाटेर टाई बनाम’ सार्वजनिक भएको छ । तिहारलाई लक्षित गर्दै सार्वजनिक गरिएको लोक शैलीको गीतमा जगदिश समाल र मेलिना राईको स्वर, सुभाष भुसालको संगीत तथा बी पाण्डेको शब्द छ ।

रामजी लामिछाने कोरियोग्राफी रहेको गीतमा शिव ढकालको छायांकन छ । गीतमा पुष्प खड्का, साम्राज्ञीराज्य लक्ष्मी शाह तथा
सन्दीप क्षेत्री फिचर्ड छन् ।

फिल्मका निर्देशक रमेश एमके पौडेलको डेब्यू सिनेमा हो । पौडेल ‘राज्जा रानी’ तथा ‘रूद्रप्रिया’का निर्मातासमेत हुन् । आर्यन फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा पासाङ लामा, निरू भण्डारी, अशोक पोख्रेल, सुमन पौडेल तथा सुमित पराजुलीको सह–निर्माता रहेका छन्।

निर्देशक सबिर श्रेष्ठ फिल्मका कार्यकारी निर्माता हुन्। फिल्ममा उनको र बाबुराम निरौलाको लेखन छ । फिल्ममा पुष्प, साम्राज्ञी तथा सन्दिपका अलावा इमीली लामा, दिपिशा केसी, खड्क बहादुर पुन तथा सरोज खनालको अभिनय रहेको छ।

फिल्मका सम्पादक भूपेन्द्र अधिकारी र कलरिष्ट रेनिश फागो हुन् ।