घरदैलोमा भोट माग्दै दिनेश

काठमाडौं । निर्माता तथा निर्देशक दलप्रसाद लिङदेन (दिनेश लिङदेन) यतिबेला चुनावी दौडाहामा व्यस्त छन् । एउटै मात्र निर्वाचन क्षेत्र रहेको पाँचथर जिल्लाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका दिनेश लिङदेन घर दैलो कार्यक्रमसहित जिल्लाका सबै पालिका तथा वडाका समर्थकहरुसँग भेटघाटमा व्यस्त भएका हुन् ।

एक नगरपालिकासहित सात वटा गाउँपालिका रहेको पाँचथरमा त्यहाँको स्वास्थ शिक्षामा सुधार, कृषिलाई वैज्ञानिक बजार, सिप र योग्यतालाई रोजगार, सडकलगायतका भौतिक पुर्वाधारहरुको निर्माणमा निरन्तरतालगायतका एजेण्डा लिएर चुनावमा होमिएका छन् ।

उनले स्थानीयवासीको अगुवाईमा त्यहाँको आवश्यकता पहिचान गरि दिर्घकालिन विकास र योजनाहरुको सुरुवात गर्ने, संस्कार, संस्कृति, पर्यटन, कला, साहित्य, सिर्जना आदिको विकास एवम् विस्तार गर्ने प्रतिबद्धताको एजेण्डा पनि लिएका छन् ।

दिनेशले ‘रीत’, ‘शान्ति’, ‘अञ्जली’, ‘तलास’ लगायतका एक दर्जन बढी फिल्म निर्देशन गरिसकेका छन् ।