छोरीकी आमा बनिन् स्वेता

काठमाडौं । अभिनेत्री श्वेता खड्का छोरीकी आमा बनेकी छन् । उनले मंगलबार दिउँसो काठमाडौंको ग्रान्डी सिटी अस्पतालमा पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् । सर्जरीका माध्यममा छोरी जन्माएकी स्वेता र उनको सन्तानको अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ ।

श्वेताले २०७७ साल मंसिर २२ गते धनगढीका विजयन्द्र सिंह रावतसँग विवाह गरेकी थिइन् । फिल्म ‘कहाँ भेटिएला’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी श्वेता विजयन्द्रसँग विवाह बन्धनमा बाँधिएपछि अभिनयबाट टाढा छिन् । उनी पछिल्लो पटक फिल्म ‘कान्छी’मा देखिएकी थिइन् । यो फिल्म उनी आफैंले निर्माण गरेकी थिइन् ।