एक्सनपूर्ण सोल अफ द कमान्डो ट्रेलर

काठमाडौं । आगामी मंसिर २३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘सोल अफ द कमान्डो’ को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा शुक्रबार एक कार्यक्रमबीच एक्सनपूर्ण ट्रेलर सार्वजनिक गरिएको हो ।

एक मिनेट चालिस सेकेन्डको ट्रेलरमा मुख्य कलाकार राजकुमार राईको एक्सनका दृश्यहरुलाई प्राथमिकता दिइएको छ । राजकुमार राईको २४ वर्ष पछि फिल्म ‘सोल अफ द कमान्डो’ बाट अभिनय क्षेत्रमा पुनरागमन भएको छ । उनले सन् १९९८ मा नेपाली फिल्म ‘कमाण्डो’ मा मुख्य भुमिकाको रुपमा काम गरेका थिए ।

सन् १९८६ मा दक्षिण कोरियामा सम्पन्न दशौँ एशियन खेलकुदमा तेक्वान्दो खेलमा कास्य पदक तथा सन् १९९९ मा नेपालमा भएको आठौँ दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक प्राप्त गर्न सफल अन्तरराष्ट्रिय क्षेत्रमा नेपालको नाम उच्च राख्न सफल तेक्वान्दो खेलाडी रहेका राईले नेपाली फिल्म क्षेत्रमा पनि बिशेष योगदान पुर्याएका छन् ।

ग्रयान्ड मास्टर राजकुमार राईले ट्रेलर रिलिज कार्यक्रममा बोल्ने क्रममा आफुलाइ आफ्नो गाउँ बस्ति,आफ्नो देश आफ्नो माटोले सम्झिरहेको बताए । ‘मेरो गाउँ बस्तीले मलाइ खोजेको छ, मेरो देशले मलाई खोजेको छ, मंसिर २३ गते फिल्म आउँदैछ, म फेरि आउदै छु तपाईको लागि फिल्मले निरास बनाउने छैन’, उनले भने ।

मिलन राइको कथा र सनम जेबीआर रानाको स्क्रिप्ट रहेको फिल्ममा शिशिर वाङ्देल, नरेन खड्का, शेषुका राई, मिलन राई, रवि थापा, रुपेश झा, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बु, पूर्ण लिम्बु, कमला खापुङ्ग लिम्बु, सुष्मिता लिम्बु, एन्जल राई, टीकाराम ठकुरी, सोनीका राईको अभिनय छ ।

फिल्म निर्देशन युवराज (वीरबहादुर) राईले गरेका हुन् भने कार्यकारी निर्माता विजय एल राई हुन् । सिलिचुङ फिल्मले निर्माण गरेको फिल्मको निर्मातामा मिलन राई,रवि थापा र धन लिम्बू रहेका छन् । फिल्मका गीतमा आनन्द राई र सन्तोष दुमी राइको संगीत रहेको छ।

फिल्म छायांकन दिर्घ गुरुङको, सम्पादन नहकुल खड्काको,भिएफएक्स सत्यमा राना, कलर जीवन थापा, ट्रेलर बन्दे प्रसाद, बाबु श्रेष्ठको ब्याकग्राउण्ड म्युजिक, सिमोन राजबंशीको कोरियोग्राफी, द्वन्द्व निर्देशन एनबी महर्जन र सानु कुमार महर्जनको रहेको छ । प्रोडक्सन मेनेजर विमल धमला र सीमा राईले गरेका हुन् । चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ ।