डा. उपाध्यायलाई श्रीदादा साहेव फाल्के अवार्ड

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा।डीआर उपाध्यायलाई भारतको प्रतिष्ठित अवार्ड श्रीदादा साहेव फाल्के अवार्ड २०२२ प्रदान गरिएको छ । आइतबार मुम्बईमा भएको एक विशेष समारोहमा डा.उपाध्यायलाई यो अवार्ड अर्पण गरिएको हो ।

भारतमा दादा साहेव फाल्के अवार्ड एउटा भारतको केन्द्रीय सरकारले प्रदान गर्दै आएको छ भने अर्को श्रीदादा साहेव फाल्के इन्टरनेशनल अवार्ड फिल्म फाउण्डेशन र श्रीडिएसपी फिल्म प्रोडक्सनले प्रदान गर्दै आएको छ । डा. उपाध्यायलाई फिल्म फाउण्डेशनले अवार्ड प्रदान गरेको हो ।

भारतले प्रदान गर्ने यो अवार्ड जति प्रतिष्ठित मानिन्छ त्यति नै फाउण्डेशनले प्रदान गर्ने अवार्ड लाई मानिन्छ । डा. उपाध्यायले सो अवसरमा आफूलाई अवार्ड प्रदान गरिएकोमा आयोजकलाई धन्यवाद दिएका थिए ।

डा.उपाध्यायका गीत(संगीत र साहित्यका विभिन्न विधामा गिनिज बुक अफ वल्र्ड रेकर्डसहित ११० विश्व रेकर्ड कायम छन् । कीर्तिमानी डा।उपाध्यायका ३० एल्बमका सयौं गीत श्रोतारदर्शकमाझ आएका छन् । यस्तै, उनका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’, ‘मेरी प्रिया’, ‘भाइरस लभ’, ‘कसुर’ जस्ता १४ उपन्यास पाठकमाझ आएका छन् भने १५औं उपन्यास प्रकाशनको अन्तिम तयारीमा छ ।