ज्याकलिनले पाइन् जमानत

मुम्बई(एजेन्सी) । मनी लाउन्ड्री मुद्धामा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले पटियाला हाउस कोर्टबाट जमानत पाएकी छन् । उनलाई कोर्टले मंगलबार दुई लाख रुपैंयाँ निजी मुचुल्कामा जमानत दिएको हो । कोर्टले कोर्टको अनुमति बिना देश नछोड्न पनि भनेको छ ।

सुकेश चन्द्रशेखरसँग जोडिएको २ सय करोड मनी लाउन्ड्रीको मामलाको जाँचको दौरान ज्याकलिनको नाम आएपछि उनी यो मामलामा फँसेकी थिइन् । अभिनेत्रीलाई सुकेशले कैयौं महंगो उपहार दिएका थिए । प्रवर्तन निर्देशनालयले आफ्नो चार्जसिटमा ज्याकलिनलाई एक आरोपका रुपमा राखेको थियो । उनीमाथि ठगीको पैसाले लाभ लिने गरेको आरोप थियो ।

ज्याकलिनले यो मामलामा जमानता याचिका दायर गरे पनि निर्देशनालयले यसको विरोध गरेको थियो । उसले अनुसन्धानबाट बच्नका लागि ज्याकलिनले देशबाट भाग्न लागेको आरोप लगाएको थियो ।