आइटम गीतमा मिलनको अलि अलि पिएपछि

काठमाडौं । आगामी मंसिर ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मिलन’मा समावेश ‘अलि अलि पिएपछि’ बोलको आइटम गीत सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक उक्त गीतमा बबिना किराती र कृष्ण केसीको स्वर रहेको छ ।

गीतमा शब्द तथा संगीत फिल्मका लेखक तथा निर्देशक टेक पौरखी राईकै रहेको छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकारले नृत्य गरेका छन् । अभिनेताद्धय सलोन बस्नेत र कुशल शाह ठकुरीसँगै अभिनेत्री शिल्पा थापा लगायतको टिमलाई भिडियोमा देख्न सकिन्छ । भिडियोमा कविराज गहतराजको कोरियोग्राफि रहेको छ ।

फिल्म निर्माण टिमले यसअघि फिल्ममा समावेश ‘तिम्रो इसारा काफि छ’ बोलको गीतसँगै ट्रेलर र पोष्टर सार्वजनिक गरिसकेको छ ।

प्रविन थापा निर्माता रहेको यो फिल्ममा सलोन, कुशल र शिल्पासँगै शिशिर बांग्देल, बिशाल पहाडी, जानुका पौडेल (ब्याकुली), सुमिन गुरुङ, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापान मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

राहुल राईको छायांकन रहेको फिल्ममा तारा किम्बे थापाको सम्पादन रहेको छ । काठमाडौं र कालिन्चोकमा खिचिएको फिल्म ‘मिलन’ले निर्वाचन पछि को मितिमा दर्शकको उल्लेख्य उपस्थिती रहनेमा विश्वस्त देखिन्छ ।