३२ दिनमा गुलाबी इन्डक्ल्याप

काठमाडौं । कास्कीको धम्पुसबाट छायांकन प्रारम्भ गरेको फिल्म ‘गुलाबी’को काठमाडौंमा ‘इण्ड क्ल्याप’ भएको छ । फिल्मका दृश्यहरू धम्पुससँगै पोखरा र काठमाडौंमा खिचिएको छ ।

आइतबार ठमेलमा अन्तिम दृश्य खिचिएसँगै विभिन्न सेड्यूअलमा रहेर ३२ दिनमा फिल्मको छायांकन सकिएको निर्देशक समुन्द्र भट्टले जानकारी गराइन् । फिल्ममा समावेश एक गीत भने पछि खिचिने भट्टले बताइन् । यो फिल्ममा नाजिर हुसैन मुख्य अभिनेता छन् ।

पारलैङ्गिकताको कथा बोल्ने फिल्ममा नाजिरसँगै सुशिल सिटौला, सञ्चिता लुइँटेल, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ ‘हटी नटी’, शिशिर राणाले मुख्य भुमिकामा अभिनय गरेका छन् । फिल्मको कथा निर्देशक भट्टकै हो भने पटकथा तथा संवाद लेखनमा रामकुमार श्रेष्ठ र नाजिर हुसैनले सहकार्य गरेका छन् ।

दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको ‘गुलाबी’मा आलोक शुक्लाको छायांकन छ । भद्र भुजेल एसोसिएट निर्देशक रहेको फिल्ममा पुष्कर लामाको निर्माण नियन्त्रण छ भने शृङ्गारको काम मनोज लामाले गरेका छन् । सम्राट बस्नेत द्वन्द्व निर्देशक रहँदा लेखु सहयात्री र शान भुषालले संगीत संयोजनको काम गरेका छन् ।

निर्देशक भट्टले ुगुलाबीुलाई आगामी फागुनमा प्रदर्शनको लक्ष्यसहित यसै साताबाट फिल्मको पोष्ट प्रोडक्सनको काम सुरु हुने बताइन् । फिल्ममा समावेश कुनै पनि कलाकारको दृश्यहरू निर्माण टिमले सार्वजनिक गरेको छैन ।