आश्मासँग संयमले गरे विवाह

काठमाडौं । अभिनेता संयम पुरीले अभिनेत्री आश्मा दाहालसँग विवाह गरेका छन् । उनीहरूको विवाह समारोह बौद्धस्थित पाँचतारे हायात होटलमा भइरहेको छ।

उनीहरूको नर्लिङ रिसोर्टमा विवाहको रिसेप्सन पार्टी राखिएको छ। संयम फिल्म निर्देशक नारायण पुरीका छोरा हुन्। संयमले ‘ग्याङस्टर ब्लुज, रातोघर, नाईं नभन्नु ल ३, आभास, पुन्टे परेड, सायद’ लगायत फिल्ममा काम गरेका छन्।

‘आभास’मा संयम र आश्माले एकसाथ काम गरेका थिए। आश्माले ‘रामप्यारी, नाईं नभन्नु ल ३ र आभास’ मा अभिनय गरेकी छन्।