लिलू युनिट सम्मानित

काठमाडौं । छाउपडीको कथा उठान गरेर पाँच महिना पहिला सार्वजनिक गीत ‘लिलू’को सफलतापछि निर्माण युनिटले कास्ट एण्ड क्रुसहितको टिमलाई सम्मान गरेको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘लिलू’ मा संलग्न कलाकारहरूलाई सम्मान गरिएको हो ।

कलाकार मिथिला शर्माले गायिका रेखा जोशी, निर्देशक गौरव गिरी, गायिका गौरी भट्ट, गायिका पुजा देवकोटा, मोडल रोशनी कार्की, कलाकार भद्रजंग कुँवर, गायक रोहित देउवा, टिम सदस्य इस्वु सन्जेल, मुकेश सुनार र पशुपति कुँवरलाई सम्मान गरिन् । गीतले युट्युवमा १ मिलियन बढि भ्यूज पाएको छ ।

भिडियोका निर्माता रहेका एलपी शर्माले सामाजिक विषयवस्तुमा बनेको ‘लीलू’ ले हालसम्म पनि विधमान पश्चिमेली समाजको यथार्थ कथा बोल्ने भन्दै सामाजिक चेतनामूलक भिडियो बनाउन पाउँदा आफु खुशी रहेको बताए ।

गायक रवि शर्मा र अनु चौधरीको स्वरमा नयाँ गीत ’आस्था’ सार्वजनिक भएको छ । उक्त गीतको भिडियोमा रचनाकार शर्मा आफै अभिनयमा जोडिएका छन् भने उनको साथमा सुप्रिया बम ठकुरी, खुशी भट्टराई, मुकेश सुनार र विमल चौधरीलाई देख्न सकिन्छ ।
रवी शर्माको शब्दमा तयार गीतमा वसन्त कुँवरको छायांकन र बलबहादुर कुँवरको सम्पादन छ । गौरव गिरी भिडियोका निर्देशक हुन् ।