राजुको नम्बरी सुनमा गौरव

काठमाडौं । राजु गिरीको निर्देशनमा निर्माण हुने फिल्म ‘नम्बरी सुन’को मुख्य भुमिकामा अभिनेता गौरव पहारी अनुबन्धित भएका छन् । निर्माण टिमले दिएको जानकारी अनुसार नम्रता सापकोटाको अपोजिटमा गौरवलाई फाईनल गरिएको हो । गौरव र निर्माण टिमबीच मंगलबार लिखित सम्झौता भएकको छ ।

माघ २० गतेबाट फ्लोरमा जाने फिल्ममा गौरव र नम्रताका अलावा सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल सविन बास्तोला, गीता अधिकारी, स्मृती वली लगायतमा कलाकारको अभिनय रहनेछ । निर्देशक गिरी ‘नम्बरी सुन’ झण्डै ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथामा निर्माण गर्न लागेको बताउँछन् ।

फिल्मबाट लामो समयपछि द्वन्द्व निर्देशक राजेन्द्र खड्गी कमव्याक गर्दैछन् । सुवर्ण शिभान्स फिल्मसको ब्यानरमा निर्माण हुने फिल्मको प्रस्तुतकर्ता, निर्माता, कथा र गीत नारायण खातीको रहनेछ । लमजुङको भुजुङ्ग खोला, हेटौंडा, काठमाडौंका विभिन्न ठाउँमा फिल्मको छायंकन गरिनेछ ।

फिल्ममा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछाने कोरियोग्राफी, निर्माता खातीको गीत रचना, शान्तिश्री परियार लगायतका गायक तथा गायिकाको स्वर रहनेछ ।