बालिका केन्द्रित चि मुसी चिः इभन डेड डिजायर बिलोङगिङ ट्रेलर

काठमाडौं । हरर थ्रिलर फिल्म ‘चि मुसी चिः इभन डेड डिजायर बिलोङ्गिङ’को ट्रेलर रिलिज गरिएको छ । २ मिनेट ५२ सेकेण्ड लामो ट्रेलरले एक अदृश्य शक्तिसँग बच्न पात्रहरुले गर्नुपरेको संघर्ष देखाएको छ । एक अपरिचित बालिका जसको वरिपरि ट्रेलरले चक्कर कटाउछ ।

उक्त बालिकाले अन्य पात्रहरुलाई दुःख दिएपनि त्यस पछाडिको कारण सस्पेन्स राखिएको छ । मिर्ना जेम्स र यश सैनी निर्देशित फिल्मले दर्शकमा डर र कौतुहलता जगाउन सफल हुन्छ । अन्तिममा ऋचा शर्माले बोल्ने संवाद, ‘छोराको चाहमा सानो बच्चालाई बली दिइयो’ले रहस्यको ढोका खोल्ने प्रयास गरेको छ ।

मिर्ना र यश कै कथारपटकथा रहेको फिल्ममा ऋचासँगै प्रियंका कार्की, बेनिशा हमाल, आयुषमान देशराज जोशी, रविन्द्र झा, राजन खतिवडा, गौरव विष्ट, अरुण चक्रवर्तीलगायतका कलाकारहरुको अभिनय छ ।

सार्वजनिक ट्रेलरले दर्शकमा कौतुहलता पैदा गर्नेमा निर्माण पक्ष आशावादी देखिएको छ । प्रायः नेपालमा निर्माण हुने हरर फिल्मभन्दा ‘चि मुसी चि’ भिन्न रहेको निर्माण पक्षले बताएको छ ।

पुष २२ देखि अलनेपाल प्रदर्शनमा आउने फिल्ममा सुशन प्रजापतिको छायांकन र यश सैनीको सम्पादन रहेको छ । एमी स्टुडियोको व्यानरमा अरुण चक्रवर्तीको प्रस्तुति रहेको फिल्ममा रिञ्जु केसीसंगै अरुण चक्रवर्तीले लगानी गरेका छन् ।