प्रेम, विछोड र बदलामा गुञ्जन ट्रेलर

काठमाडौं । फिल्म ‘गुञ्जन’ को ट्रेलर सार्वजनिक भएको छ । पुस २९ गतेबाट रिलिज हुने फिल्मको ट्रेलरमा प्रेम, बिछोड र बदलाको कथा देखाइएको छ । १ मिनेट ४५ सेकेन्डको ट्रेलरमा फिल्मका तीन मुख्य कलाकार सारा सिर्पाली, प्रितमराज सेन्चुरी र कबिर खड्का फिचर्ड छन् ।

दुई दशकदेखि द्वन्द्व निर्देशनमा सक्रिय अष्ट महर्जनको डेब्यू निर्देशन रहेको फिल्ममा सारा र प्रितम, कबिरका अलवा सरोज खनाल, हिउँवाला गौतम, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपानेलगायतका कलाकारको अभिनय छ ।

हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । विशुद्ध प्रेमकथामा निर्माण भएको फिल्मको वितरण काठमाडौंमा जीजीए ग्रुप र काठमाडौं बाहिर एफडी कम्पनीले गर्दैछ ।