क्रिष्पीलाई नेपालगन्ज लिटिल स्टार उपाधि

नेपालगन्ज । ‘क्विनअफ रक’ टिना टर्नरको एल्बम ‘चिल्ड्रेन बियोन्ड’ गीतमा ३९ जनाबालबालिकाले एकसाथ विश्वशान्तिको प्रार्थना गर्दै सुरु भएको नेपालगन्ज लिटिल स्टार प्रतियोगितामा १३ बर्षिया क्रिष्पी सिंह ठकुरी विजेता घोषित भएकी छिन् ।

शनिवार सोल्टी वेष्टेन्ड प्रिमियरमा भएको पेजेन्टमा सोफिया स्कुलमा आठ कक्षामा अध्ययनरत क्रिष्पीले बेष्ट स्माइल उपाधि समेत जित्न सफल भइन् । कार्यक्रमको प्रमुख निर्णायक मिस नेपाल २०२० नम्रताश्रेष्ठले सोधेको प्रश्नमा उत्कृष्ट वक्तत्वसहित प्रस्ट जवाफ दिएपछि उनीविजेता घोषित भएकी थिइन् ।

भविष्यमा फेसन डिजाइनर बन्ने लक्ष्य लिएको बताएकी क्रिष्पीले खुशी नै सफलताको मापन हुने पनि बताएकी थिइन् । पहिलोपटक ससानाबालबालिकाहरुबीच स्पर्धा गराइएको लिटिल स्टारमा स्प्रिङडेल स्कुलीकी युनिसा डिसी फस्ट रनर अप घोषित भइन् । त्यसैगरी निमा शेर्पा सेकेन्ड रनरअप भइन् ।

१८ बर्षमुनिमात्र स्पर्धा गराइएको यस विधामा निवेदिता न्यौपानेलाई अर्गनाइजर च्वाइस अवार्ड, समृद्धि क्षेत्रीलाई भ्युअर्स च्वाइस अवार्ड प्रदानग रियो । निवेदिताले बेस्ट वाक र फोटोजेनिक उपाधिसमेत हासिल गरिन् ।

नेपालगन्जस्थित शिखर प्लाई उद्योगका सहसंस्थापक रेखा बोथरा र कुसुम दुगड, नेपालगन्ज म्याराथनकी संरक्षक सदस्य शशी स्वाँर, प्याब्सन बाँकेका अध्यक्ष यम रावत, होटल सोल्टी वेष्टेन्ड प्रिमियरका महाप्रबन्धक राजविक्रम शाह र आयोजक लिभवेलका अध्यक्ष कल्पना खड्काले विजेतालाई पुरस्कृत गरेका थिए । केएल दुगड ग्रुपका सिइओ प्रदीप छाजेडले समेत शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा प्राइमेरीतर्फ मनन श्रेष्ठ विजेता घोषित भए । यसमा प्रान्जय चन्द ठकुरी फस्र्ट रनरअप, गीर्वाणराज शर्मा सेकेन्ड रनरअप भए । त्यसैगरी छात्रातर्फ प्रणिती खड्का विजेता बन्दा साइसा लामिछाने फस्ट रनरअप, प्रसन उपाध्याय सेकन्ड रनरअप, श्रीयन्श शाह र शिवान्जली अवस्थी भ्युअर्स च्वाइस अवार्डले पुरस्कृत भए । त्यस्तै प्रिस्कुल तहमा अधिरा बहेलिया विजेता भइन् । त्यसमा इशिका यरी फस्ट रनरअप, कृस्टिना थारु सेकेन्ड रनरअप भए ।

छात्रतर्फ परमार्थ प्रताप सिंह विजेता बने । निशाद नेपाल फस्ट रनरअप र राइडेन लामा सेकेन्ड रनरअप भए । हरेकलाई श्रीमदभाग्वतगीता उपहार प्रदान गरिएको थियो ।

बुद्ध र वेदलाई विश्वभर चिनाउन बालबालिकालाई लिएर ८३ बर्षकी टर्नरले एक दशकअघि अभियान थालेकी थिइन् । उनकै सम्मानमा ससाना बालबालिकाले एक साथ विश्वशान्तिको कामना गरेपछि कार्यक्रम सुरु गरिएको थियो । प्रतिस्पर्धी बालबालिकाले नृत्य, गायन, वत्तृत्व र प्रश्नोत्तर कार्यक्रममा पुर्णत नेपालीमौलिकता र संस्कृतिझल्कने पहिरनमा स्टेजमा उक्लिएका थिए ।