शोभितको जन्मदिनमा केकी अनुबन्धित

काठमाडौं । अभिनेत्री केकी अधिकारी फिल्म ‘जय हो’को नायिकामा अनुबन्धित भएकी छन् । फिल्मका प्रस्तुतकर्ता शोभित बस्नेतको जन्मदिनको अवसरमा आइतबार केकीसँग लिखित सहमति गरिएको हो

फिल्ममा केकीसंगै अब अर्पण थापा, सलोन बस्नेत र माओत्से गुरुङ तय भइसकेका छन् । टेक पौरखी राईले निर्देशन गर्ने फिल्म आगामी फागुन २५ गते देखि छायांकनमा जाने छ फिल्म पोखरा र मुस्ताङको विभिन्न स्थानमा छायांकन गरिने निर्माण टिमले जानकारी गराएको छ ।

सुरेश न्यौपानेको कथा रहने एक्सन तथा लभस्टोरी जनरामा निर्माण हुन लागेको फिल्ममा शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत सौरभ लामाको छायांकन रहनेछ ।

ुजय होुमा राज के अधिकारी र सुरज सरकारले लगानी गर्नेछन् । अधिकारी र सरकार जय हो बिजनेश ग्रुप र सनराइज ग्रुप अष्ट्रेलिया रकडेलका सञ्चालक हुन् ।