सुचिन्दा र अमनको तिमी मेरो

काठमाडौं । गायिका सुचिन्दा श्रेष्ठ र गायक अमन प्रधानको स्वरमा रहेको गीत ‘तिमी मेरो’ सार्वजनिक भएको छ । गीतकार अम्बिका गुरुङको शब्द र अमन प्रधानको नै सगीत रहेको गीत वेष्टन पप जनरामा बनाइएको छ ।

गायिका सुचिन्दा श्रेष्ठ र सन्जिब थेबे लिम्बुको अभिनय रहेको गीतको भिडियोमा पछिल्लो समय मुलुकबाट युवाहरु विदेशिने ट्रेन्ड र बिदेशमा रहेका प्रेमीलाइ कुरिरहेकी प्रेमिका बीचको प्रगाढ प्रेमिल भावलाई समेटेर अत्यन्तै रोमान्टिक र संयोगान्त सन्देशमुलक कथामा देखाइएको छ।

भावसागर इन्टरटेन्टमेन्ट च्यानलबाट रिलिज गरिएको भिडियोमा निर्देशक राजेश पुमा राईको निर्देशन छ । । भिडियोमा उत्सब दाहालको क्यामेरा, अस्मिता राईको मेकअप ,र बिकास दाहालको सम्पादन रहेको छ।