आमाको सम्झनामा नरेन्द्रको आमा

काठमाडौं । फिल्म निर्देशकसमेत रहेका निर्देशक निकेश खड्काको निर्देशनमा ‘आमा’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सविसंगम राईको संगीतमा गायक नरेन्द्र राईले आफ्नी दिवंगत आमा बिन्द्रमाया राईको सम्झनामा गाएको गीतका शब्दलाई जानुका राईले रचेकी हुन ।

भिडियोमा गायक नरेन्द्रले छोराको भूमिकामा आफैले अभिनय गरेका छन भने उनकी आमाको भूमिकामा सूर्यमाला खनालले अभिनय गरेकी छिन । सूर्यमाला खनाल अभिनेता सरोज खनालकी अर्धाङिनी समेत हुन ।

मातृत्व बर्णन गरिएको शब्दलाई गायक नरेन्द्र जीको आमा प्रतिको माया र सम्झना समेट्दै आफूले रचना गरेको र गायक नरेन्द्र राईले त्यसलाई पूर्ण साकार परिदिएको भन्दै रचनाकार राईले यो गीत हरेक सन्तानका लागि आमा सम्झिने एक गीत भएको बताएकी छिन । २०२३ फ्रेब्रुअरी १९ तारिखका दिन आमा गुमाएका गायक राईले यो गीत बनेपछि बल्ल मनमा शान्ति भएको र आमा सधै आफूसँगै रहेको अनुभूति भएको बताएका छन ।