निर्देशक समाजमा जनकदीपको नेतृत्व

काठमाडौं । नेपाली फिल्मका निर्देशकहरुको छाता संस्था नेपाल चलचित्र निर्देशक समाजको नयाँ अध्यक्षमा जनकदीप पराजुली निर्विरोध निर्वाचित भएका छन् ।

यसअघि महासचिव रहेका जनकदीपलाई काठमाडौंमा भएको १५औं वार्षिक साधारण सभाबाट निर्विरोध अध्यक्षमा निर्वाचित गरिएको हो । सभाले अध्यक्षदेखि सदस्यसम्म सर्वसम्मत रुपमा चयन भएका छन् । समाजको अध्यक्षमा जनकदीप पराजुली सर्वसम्मत निर्वाचित हुँदा महासचिवमा अरुणकुमार प्रधान चयन भए ।

अध्यक्ष पदमा जनकदीपसँगै सुचित्रा श्रेष्ठले पनि उम्मेदवारी दर्ता गरेकी थिइन् । तर अन्तिम अवस्थामा उनले उम्मेद्वारी फिर्ता लिइन् । त्यस्तै, दुई उपाध्यक्षमा सुभाष गजुरेल र दीपशिखा खड्का, सचिवमा देवेन्द्र पाण्डे, कोषाध्यक्षमा समुन्द्र भट्ट, सह(कोषाध्यक्षमा राज बस्न्यात, ६ जना सदस्यहरुमा दीपक वली, सौरभ चौधरी, अम्बर ओली, सत्यराज चौलागाईं, उत्सव केसी र अमृतमान महर्जन सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । सह–सदस्य पदमा भएको निर्वाचनबाट भने सीमा गुरुङ्ग र रामकुमार श्रेष्ठ निर्वाचित भए ।