दोहोरी आइडलसँग जोडियो इसेवा

काठमाडौं । लोकदोहोरी गीतको रियालिटी शो ‘दोहोरी आइडल’ को भोटिङ पार्टनरको रुपमा इसेवा जोडिएको छ । डिजिटल अडिसन सकेर अब अडिसन सुरु गर्ने तयारीमा रहेको रियालिटी शोको भोटिङ पार्टनरको रुपमा इसेवासँग सम्झौता भएको हो ।

नेपालका प्रतिष्ठित ४२ कलाकारहरु बिच हुने प्रतिस्पर्धाको निर्णायकमा पुरुषोतम न्यौपाने, राजु परियार, घमेश दुलाल र रीता थापा रहनेछन् । नेपालमा पहिलो पटक लिग स्तरिय दोहोरी रियालिटी शो गर्न लागिएको कार्यक्रमको संयोजक अमृत खातीले जानकारी दिए ।

डिएआर मुभिजले गर्न लागेको रियालिटी शो ‘दोहोरी आइडल’ का विजेताले नगद १५ लाख र कार जित्नेछन् भने दोश्रो हुनेले नगद ७ लाख र तेस्रो हुनेले नगद ५ लाख प्राप्त गर्नेछन् ।

दोहोरी आइडलको छिट्टै नेपाल नेटवर्क टेलिभिजनमा प्रशारण हुने डीएआर मुभिजका निर्देशक श्याम धितालले जानकारी दिए । दोहोरी आइडललाई डिएआर मुभिजले अन्तररास्ट्रीय फर्म्याटमा पनि दर्ता गरि सकेको धितालले बताए ।