वैशाख १५ मा कैदीको पत्र

काठमाडौं । फिल्म ‘कैदीको पत्र’को आगामी वैशाख १५ गते रिलिज हुने भएको छ । फिल्मले रिलिज मिति तोकेसँगै पहिलो गीत पनि सार्वजनिक गरेको छ । ‘मेरो दिलको तालमा’ बोलको गीतमा प्रताप दास र सुबानी मोक्तानको स्वर, सनमकुमार बैरागको शब्द तथा सुरेश सेन्चुरीको संगीत छ ।

गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरु कुनाल विश्व र ब्रिटिस अभिनेत्री म्याडिशन लाजारसको अभिनय रहेको छ । यस गीतको अंग्रेजी लाइन निखिल गोतामेले लेखेका छन् । कबिराज गहतराजले कोरियोग्राफी गरेका छन् ।

प्रेम र रोमान्सको कथामा बनेको यो फिल्ममा आफ्नो जीवनमा पाएको खुशीलाई सम्हाल्न नसक्दा मानिसले व्यहोर्नुपर्ने उतारचढाव र भोग्नुपर्ने कठिनाईहरु देख्न पाईने निर्देशक सनम कुमार बैरागले बताए । यो फिल्मको सम्पूर्ण छायांकन स्कटल्याण्डमा भएको हो ।

यसमा कुनाल र म्याडिशनको साथमा सलिना थापामगर, पृथ्वीराज खत्री, सुबर्ण थापा, मनिष श्रेष्ठ लगायतका नेपाली तथा ब्रिटिश कलाकारहरुको अभिनय रहेको छ । दिल घले, नानी बैराग, कैलाश बिश्वकर्मा र हिराल जोशी फिल्मका निर्माता हुन् ।

यस फिल्मका डिओपी रामेश्वर कार्की हुन् भने अर्जुन जिसिले सम्पादन र ब्रिटिश कलरिष्ट यासिन एन’चौबीले कलर ग्रेडिङ गरेका छन् ।