संचितालाई फकाउँदै सरोज र धिरेन

काठमाडौं । नेपाली फिल्म क्षेत्रका ३ चर्चित कलाकारहरु एकसाथ एउटा म्युजिक भिडियोमा देखिएका छन् । उनीहरु ‘शिरको नाम्लो’ बोलको म्युजिक भिडियोमा एकसाथ देखिएका हुन् ।

अभिनेताद्वय सरोज खनाल र धिरेन शाक्यको साथमा अभिनेत्री संचिता लुइटेललाई गीतको भिडियोमा देख्न सकिन्छ । भिडियोमा संचिताका लागि सरोज र धिरेनको झगडा परेको समेत देखाइएको छ । संचिताले व्यवस्था गर्दा पनि धिरेन र सरोज उनको पछि पछि लागेको रमाइलो दृश्य भिडियोमा हेर्न सकिन्छ ।

यो गीतमा गायिका रानी शाक्य, गायकद्धय सिडी विजय अधिकारी र प्रताप दासको स्वर छ । गीतमा राजेश शाक्यको शब्द र सिडी विजय अधिकारीको संगीत छ । गीतकार राजेश शाक्यले रमाइला शब्दहरु समावेश गर्दै यो गीतको शब्द कोरेका छन् ।

भिडियोमा प्रहिल कार्कीको निर्देशन, सुरेन्द्र बसेलको कोरियोग्राफी, उत्तम हुमागाइको छायांकन, माधब बेलबासेको सम्पादन छ ।