घनश्यामको चित्रामा अर्पण

काठमाडौं । घनश्याम लामिछानेको निर्देशनमा निर्माण हुने फिल्म ‘चित्रा’को निर्माण घोषणा गरिएको छ । बिहिबार राम नवमीको अवसरमा फिल्मको कास्ट एण्ड क्रिउ घोषणा गरिएकोे हो ।

आगामी भदौबाट छायांकनमा जाने फिल्ममा अभिनेता अर्पण थापा र निर्माता सन्तोष अधिकारीको मुख्य भुमिका रहनेछ । पारिवारिक कथामा निर्माण हुने फिल्मको सम्पुर्ण छायांकन नेपालमा नै गरिनेछ । फिल्मले एक अडिनरी बाबु र छोरीको कथा प्रस्तुतत गर्ने निर्देशन लामिछानेले बताए ।

निर्देशक लामिछाने निर्देशनमा निर्माण भएको फिल्म ‘लण्डन टु पेरिस’ प्रदर्शनको तयारीमा छ । यो फिल्मको प्रदर्शन पश्चात ‘चित्रा’ फ्लोरमा जाने तयारी भैरहेको छ । उनले ‘धौली, पञ्चेबाजा, अग्नीदहन’लगायतका फिल्म निर्देशन गरिसकेका छन् ।

‘चित्रा’ एसाप इन्टरटेनमेन्टको प्रस्तुतीमा सन्तोष अधिकारी फिल्मस्को ब्यानरमा निर्माण हुनेछ । भावना पन्तको लगानी रहने फिल्मको कथा अजय अधिकारीले तयार पारेका हुन् । अजयको कथालाई अहिले मनिष गौतमले पटकथा तथा संवादमा ढालिरहेका छन् । फिल्ममा कथाकार अधिकारीको गीत रचना र सुरेश राईको संगीत रहनेछ ।

निर्माता अधिकारीले केही समय अगाडी ‘डलर एयुडी’ नामक फिल्मको पनि निर्माण घोषणा गरेका थिए । त्यो फिल्म पनि चाँडै फ्लोमा जाने तयारीमा रहेको अधिकारी बताउँछन् । उनले निर्माण गरेको फिल्म ‘तीन जन्तु’ प्रदर्शनको तयारीमा छ ।