तुइन पारीमा वास्तविक कथा

काठमाडौं । समाजको वास्तविक कथालाई दर्शकमाझ ल्याउन निर्देशक हरि हुमागाई माहिर छन् । कहिले उनको गीतले प्रेमको पीडा बोक्छ, त कहिले कथा भन्छ । उनै, निर्देशक हुमागाईले राम नवमीको अवसर पारेर ‘तुइन पारी’ बोलको गीत सार्वजनिक गरेका छन् ।

गीतमा कमल खत्रीको स्वर, शब्द र संगीत रहेको छ । गीतमा रिकेश गुरुङको संगीत संयोजन छ । भिडियोमा कलाकार नाजिर हुसेन, रुषा न्यौपाने र सायना हुमागाईं फिचर्ड छन् । नाजिरले भिडियोमा वैदेशिक रोजगारीमा गएर स्वदेश फर्किने एक युवाको भूमिका निर्वाह गरेका छन् ।

जसको कथा तथा पटकथा नाजिर हुसेनले नै लेखेका हुन् । भिडियोले विकट गाउँबाट प्रदेश जाने युवाले आफ्नो घरमा श्रीमतीलाई गाह्रो परेको खबर पाएर गाँउ फर्केर घर आइपुग्ना साथ श्रीमतिले नवजात शिशु मायाको चिनो दिएर संसार छाडी सकेको पीडालाई वास्तविक रुपमा देखाएको छ ।

भिडियोमा हरि र नाजिरको संयुक्त निर्देशन छ । भिडियोमा डिओपी तथा सम्पादन निर्देशक हुमागाईकै रहेको छ भने उत्तम हुमागाईको छायांकन छ । भिडियोमा प्रविन मानन्धरको वीएफएक्स र कलरिङ छ ।