फस्टलुकमा गौरव र नम्रताको नम्बरी सुन

काठमाडौं । राजु गिरीको निर्देशनमा निर्माण भएको फिल्म ‘नम्बरी सुन’को नयाँ बर्षको अवसर पारेर शुक्रबार फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । फिल्मका मुख्य पात्र गौरव पहारी र नम्रता सापकोटा फस्टलुकमा सार्वजनिक फिचर्ड छन् । फिल्मले पोस्टर रिलिजसँगै आगामी भाद्र १ गतेलाई प्रदर्शन मिति पनि घोषणा गरेको छ ।

नारायण खातीको शब्द, कथा तथा प्रस्तुति रहेको फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी, लगायत कलाकारको अभिनय रहेको छ ।

सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् । सरोज खाती, सविन खाती र मनोज रिजालले मिलेर फिल्म निर्माण गरेका हुन् । फिल्मका गीतमा राजेशपायल राई, शान्तिश्री परियार, प्रताप दास र अनु चौधरीको स्वर छ ।

अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको नृत्य, समीर मियाँको भिएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व, गौतमराज खड्काको सम्पादन रहेको फिल्ममा विनोद भुजेलको ब्याकग्राउन्ड स्कोर, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन र जीवन गौतमको मुख्य सहायक निर्देशन छ ।

फिल्म काठमाडौं उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।