न्युयोर्कबाट उर्मिलाकोे मेरो बुवाको घर

काठमाडौं । गायिका उर्मिला लाम्गादेको स्वर रहेको भजन गीत ‘मेरो बुवाको घर’को फिमेल भर्सनमा सार्वजनिक भएको छ। गीतका ओर्जिनल गायक, संगीतकार तथा गीतकार पास्टर रोहित थापा हुन्।

भिडियोमा स्वयम् गायिका लाम्गादे र उनको परिवार फिचर्ड छन्। अमेरिकामा छायांकन गरिएको यस भिडियोमा विक्की पुलामीको छायांकन र निर्देशन छ । भिडियो बिष्णु खड्काले सम्पादन गरेका हुन्। भिडियो गायिका लाम्गादेको युट्युव च्यानल उर्मिला लाम्गादेमार्फत सार्वजनिक भएको हो।

अमेरिकाको न्युयोर्कमा बसोबास गर्दै आएकी गायिका लाम्गादेको स्वरमा समावेश यसअघि ‘जवानी ताजा ताजा छ’, ‘माया बैगुनी’, ‘लिन आउछु भन्थ्यौ’ लगायत गीत सार्वजनिक भैसकेका छन् । गायनसँगै अभिनयमा समेत रुचि राख्ने लाम्गादेले ‘दलन’ नामक टेलिचलचित्र र चेतनामुलक विज्ञापनहरुमा समेत अभिनय गरिसकेकी छिन्।