ए साथी सुनको मनले भन्छ

काठमाडौं । आगामी जेष्ठ ५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ए साथी सुन’को लिरिकल गीत ‘मनले भन्छ’ सार्वजनिक भएको छ ।

स्याड भर्सनमा तयार पारिएको गीतमा फिल्मका मुख्य कलाकार बर्षा सिवाकोटी र डेव्यु अभिनेता रमेश बानियाँको केही चल अचल दृश्यहरु समावेश गरिएको छ । गीतमा हर्क साउँदको शब्द रचना तथा उज्वल सागरको संगीत र स्वर सुन्न सकिन्छ ।

लभस्टोरी, थ्रीलर र कमेडी जनराको फिल्ममा बर्षा र रमेशका अलवा आयन खड्का, सुशिल पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, बिमला गिरी लगायतको अभिनय छ । कृष्मा खड्का र इभान सन्जेल पनि बाल कलाकारको भूमिकामा फिल्ममा अभिनय गरेका छन् ।

राम राघव आचार्यको लेखन तथा निर्देशन रहेको फिल्मलाई बीना कार्की र सन्तोषकुमार राईले मिलेर निर्माण गरेका हुन् । इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको सिनेमाको सह–निर्मातामा सुदीप पौडेल छन् । फिल्मलाई आरआर फिल्म्सले वितरण गर्न लागेको हो ।